.
जनकपुर ।
आफ्नै बहिनीसँग यौनजन्य गतिविधि गरेको आरोपमा भक्तपुरबाट एक युवती पक्राउ परेकी छिन् ।
भक्तपुर प्रहरी परिसरले २१ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता कुमार मैनालीले जानकारी दिए । आरोपी युवती अविवाहित हुन् ।
बहिनी बालिका भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बहिनीसँगको यौनजन्य गतिविधिको भिडिओ युवतीले आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएकी थिइन् ।
गुगलले इन्टरपोललाई त्यसबारे खबर गरेपछि नेपाल प्रहरीलाई घटनाबारे थाहा पाएको हो ।
प्रवक्ता मैनालीका अनुसार गुगल रिभ्युअरले बाल यौन दुराचारसम्बन्धी गतिविधि भएको देखेपछि इन्टरपोलललाई खबर गरेको थियो ।
इन्टरपोलले नेपाल प्रहरीलाई खबर गरेपछि भक्तपुरबाट युवतीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
.
.
.
.