
जनकपुरधाम। धनुषाको सबैला नगरपालिका १० खरिहानी टोलका दीपनारायण साहका १४ महिने छोरा गोलु साहलाई घरबाटै चोरी भएको घटना सार्वजनिक भएको छ ।
बच्चा चोरी भएको विषयमा जानकारी प्राप्त भएको र अनुसन्धान सुरु गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार दीपनारणकी श्रीमती अर्का केटासँग भागेकाले उनलै नै बच्चा चोरेको हुनसक्छ ।