धनुषा : घुससिहत प्रहरी नायव निरीक्षक पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७६ मंसिर १६, सोमबार १३:१७ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुरधाम।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट एक हजार घुससिहत प्रहरी नायव निरीक्षक पक्राउ परेको छ।

टिपर चालकसँग एक हजार रुपैयाँ घुस लिने क्रममा धनुषाबाट एकजना ट्राफिक प्रहरीका नायव निरीक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक नवीन कुमार झा रहेका छन् । उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट साेमबार अख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टाेलीले घुससहित पक्राउ गरेकाे हाे ।

ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै झाले टिपर चालकसँग रुपैयाँ लिइरहेका थिए । झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार