स्थिरता र विकासको एक मात्र ट्याब्लेट समानुपातिक निर्वाचन प्रणाली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २७, मंगलवार २०:५६ बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

भोला जीत नेपाल :-  समानुपातिक निर्वाचन पद्धति युरोपमा १९ औँ शताब्दीमा विकसित भएको हो । यस पद्धति अनुसार जसको जति मत सङ्ख्या हुन्छ, त्यसको त्यति नै अनुपातमा प्रतिनिधित्वको व्यवस्था गरिनुपर्छ भन्ने नै हो । यसबाट बहुमतको साथसाथै अल्पमतको पनि उपयुक्त प्रतिनिधित्व हुन जान्छ ।

ल्याटिन, अमेरिका तथा अफ्रिकाका एक तिहाइ मुलुकहरूमा यो पद्धति लागू गरिएको छ । यस प्रणालीमा मत गणना नभएर मत जोख्नुपर्छ भन्ने मान्यता राखिन्छ ।

सम्पूर्ण देशलाइ नै एक निर्वाचन क्षेत्र मानी राजनीतिक दलहरूले पाएको मत प्रतिशतको अनुपातमा सदस्यहरू विजयी भएको घोषणा गर्ने र सोही बमोजिम शासन सञ्चालनमा राजनीतिक दलहरूको सहभागिता रहने शासन पद्वतिनै समानुपातिक प्रतिनिधित्व प्रणाली हो ।

समानुपातिक निर्वाचन पद्धतिको मुख्य रूपमा निम्न विशेषता रहेका हुन्छन्:-

१.सम्पूर्ण देश वा प्रदेशलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ ।

 २.बहुसदस्यीय निर्वाचन क्षेत्र हुनुपर्छ ।

 ३.उम्मेदवारले निर्वाचित हुनको लागि निर्धारित कोटा अनुसारको मत प्राप्त गर्नुपर्दछ । इजरालयमा प्रतिनिधित्व प्राप्त गर्न १.५ प्रतिशत, जर्मनीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने गरी तजचभकजयमि राखिएको छ । नेपालमा सङ्घीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नका लागि ३ प्रतिशत र प्रदेशसभामा प्रतिनिधित्व प्राप्त गर्न १.५ प्रतिशत को थ्रेसहोल्ड राखिएको छ ।

नेपालको हालको प्रावधान अनुसार यस्ता डाटा हरु उल्लेख गरिएका छन्। तर , अबको चुनाव खुल्ला अनि दुई चरणमा न भई एकै चरण मा पूर्ण समानुपातिक रूपमा सबैको प्रतिनिधित्व हुने गरी जनसंख्या अनुसार हुनु पर्दछ।

हाल नेपालमा छुट्याइएका वर्ग का आधार मा वर्ग विशेष सूचाङ्क हरु यसप्रकार छन्।

१) दलित   १३.८ प्रतिशत

(२) आदिवासी जनजाति   २८.७ प्रतिशत

(३) खस आर्य   ३१.२ प्रतिशत

(४) मधेसी   १५.३ प्रतिशत

(५) थारु   ६.६ प्रतिशत

(६) मुस्लिम   ४.४ प्रतिशत

# समानुपातिक निर्वाचन प्रणालीका गुण एवं सबल पक्षहरू यसप्रकार निम्न उल्लेखित छन :-

 १.लक्षित वर्ग र समुदायको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्दछ । यसले विविधताको व्यवस्थापनमा सघाउँछ ।

 २.मतदाताको मत खेर नजाने, सबै मतको उचित मूल्याङ्कन हुने ।

 ३.निर्वाचित प्रतिनिधिमा निर्वाचन क्षेत्रगत भावना हटी राष्ट्रिय भावनाको विकास हुने ।

 ४.सरल निर्वाचन प्रणाली ।

 ५.चुनाव जित्न गरिने अनियमितता, धाँधली र पैसा खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुन्छ ।

६.अल्पमतको उचित प्रतिनिधित्व गराउँछ ।

 ७.व्यक्तिगत खर्च नहुने ।

 ८.व्यवस्थापन सरल हुन्छ ।

 ९.उपनिर्वाचनको आवश्यकता नहुने भएकोले मितव्ययी प्रणाली ।

 १०.द्वन्द्व व्यवस्थापन गर्न सजिलो हुने ।

समानुपातिक निर्वाचन प्रणालीमा माथि उल्लेख गरिए अनुसार अहिलेको समय मा यो निकै नै सुहाउँदो र लोकतन्त्र को लोकप्रियता लाई बचाउन समानुपातिक निर्वाचन प्रणाली को उतिनै आवश्यक देखिएको छ। हामीले अवलम्बन गरेको समावेशी लोकतन्त्रको आदर्शलाई व्यवहारमा उतार्न लक्षित वर्ग र क्षेत्रको यथोचित प्रतिनिधित्वको ग्यारेन्टी गर्न तथा आम मतदाताको बहुमूल्य मतलाई खेर जान नदिन समानुपातिक निर्वाचन प्रणालीले नै मात्र समाधान दिने देखिदै छन। आहिले, मधेश लगायत विभिन्न भाग मा देखिएको समस्या र विभिन्न वर्ग विशेषको समस्याको समाधानको निम्ति निर्वाचन प्रणाली मा पूर्ण समानुपातिक हुनु पर्दछ, यो देशको आवश्यकता र समयको माग पनि हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार