कोभिड बिरुद्दको खोप अभियानमा सरोकारवालाको भूमिका

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २२, शनिबार ०९:३५ बजे
अनुमानित पढ्ने समय : 4 मिनेट
तस्विर : मधेश 24

चिनको हुबेइ प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलो पटक पहिचान भएको कोरोना भाइरस कोभिड–१९ संक्रमणले संसारभर महामरीको रुपमा फैलिनुका साथै नेपालमा पनि यस रोगले स्वास्थ्य व्यवस्थापन प्रणाली सामाजिक, आर्थिक, शैक्षिक, मनोबैज्ञानिक जस्ता क्षेत्रहरुमा गम्भीर रुपमा प्रभाव पारेको विदितै छ ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अरु मुलुकहरुले जस्तैः नेपालले पनि यथासम्भव सुरुवात देखि नै लकडाउन, कोरोना संक्रमणको खोजपड्ताल, क्वारेन्टाइन, आइसोलेसन तथा उपचार, जनस्वास्थ्यका नियमको पालना आवश्यक सामग्रीको आपुर्ति र वितरण जस्ता अथक प्रयास गर्दै आएको छ ।

कोरोना संक्रमणको दर र मृत्युदरमा उल्लेख्य रुपमा कमी ल्याउनका लागि पहिलो चरणमा पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा सहयोग गर्ने कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, सुरक्षाकर्मी, कैदी, बृद्धाश्रममा रहेका बृद्धबृद्धा, एम्बुलेन्स चालक, कोभिड १९ संक्रमितको शव व्यवस्थापन आदि समूह निर्धारण गरी कोभिड–१९ बिरुद्दको खोप कोभिशिल्ड खोप अभियान सम्पन्न गरिएको छ । हाल नेपालमा २०७७ मा २३ गते देखि दोस्रो प्राथमिकतामा रहनु हुने मानिसहरु जस्तैः ५५ वर्ष भन्दा माथिका सबै सरकारी तथा गैरसरकारी विद्यालयमा कार्यरत शिक्षक, सार्वजनिक, सवारी चालक तथा सह–चालक, दीर्घ रोगी (लामो अबधी औषधी सेवन गर्नु पर्ने रोगबाट ग्रसितहरु) आदिलाई सञ्चालन गर्न लागिएको छ ।

कोभिशिल्ड भ्याक्सिन

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले विकास गरी भारतको सेरम इन्स्टिच्युट बाट उत्पादित कोभिशिल्ड भ्याक्सिन उत्पादक देशको नियमक निकाय, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागका साथै विश्व स्वास्थ्य सङ्गठनबाट समेत स्वीकृति प्राप्त भई आकस्मिक प्रयोगको लागि अनुमति पाइसकेको छ ।

खोप लगाए पछि हुन सक्ने सम्भावित असर

१) सामान्य असर : आलस्यता हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, ज्वरो आउने, बान्टा हुने जस्ता सामान्य समस्याहरु धेरैलाई देखिन सक्छ । र १–२ दिनमा आफै सजिलो भएर जान्छ । यस्ता समस्याहरु भएमा पारासिटामोल खाने, आराम गर्ने, झोलिलो कुरा खाने गर्नु पर्दछ ।

२) गम्भीर असरहरु : सबै खोपहरु सुरक्षित हुन्छन् । खोपको प्रभावकारिता र कति सुरक्षित छ भन्ने कुरा विभिन्न चरणको परीक्षण पश्चात मात्रै प्रयोजनमा आउने गर्दछ । यस्ता असर खोपमा हुने तत्व र खोप लिने मान्छेको शारीरिक बनावटमा अन्र्तनिहित हुन सक्छ । पहिलो चरणको पहिलो प्राथमिकतामा रहेको समूहहरुमा यो खोप लगाइसक्दा यस्ता गम्भीर खालको असर नेपाल लगायत अरु देशहरुबाट पनि हाल सम्म प्रतिवेदन भएको छैन । बिरलै मात्र देखिने यस्तो खालको असरको रुपमा ब्लबउजथबिहष्क (गम्भीर खालको एलर्जी) हुने र भएमा तत्काल आधा घण्टा भित्रै देखिने गर्दछ । खोप लगाए पश्चात् आधा घण्टा भित्र खोप केन्द्रमा बस्नु पर्ने हुन्छ । यदि यस्तो खालको समस्या देखिएमा तत्काल उपचार तथा व्यवस्थापन गर्नु पर्दछ ।

कोभिड–१९ बिरुद्दको यस महाअभियान स्वास्थ्यकर्मीहरुबाट मात्र सम्भव छैन । नयाँ भ्याक्सिन भएकाले अनाबश्यक हल्ला फैलिने, डर, त्रास र दुबिधा पैदा गर्ने गराउने कुराको चिरफार गर्ने, वृद्धबृद्दाहरुलाई खोप लगाउन खोप केन्द्र सम्म लैजान सहयोग गर्ने र प्राथमिकताका आधारमा टोकिएको समूहलाई खोप लगाउन प्रेरित र उत्साहित आदि इत्यादी गतिविधि गर्दै जनप्रतिनिधि, सुरक्षाकर्मी, युवा क्लब, स्वयंसेविका, बिद्यार्थी, सञ्चारकर्मी, राजनीतिकर्मी विभिन्न तहका सरकारी तथा गैरसरकारी सस्था लगायत सबैले आ–आफ्नो क्षेत्रबाट अभियान सफल पार्न आवश्यक भूमिका खेल्नुपर्छ।

लेखक : अब्दुल खबिर राईन
हेल्थ असिस्टेन्ट
सतोषर स्वास्थ्य चौकी
सबैला नगरपालिका

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार