प्रत्येक पालिकाहरुलाई राष्ट्रिय स्तरको राजमार्गसंग जोड़न नेता साहको माग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ६, शुक्रबार १३:३७ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाण्डौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समुहका प्रभावशाली युवा नेता चन्द्र भुषण साहले देशका प्रत्येक पालिकाहरुलाई राष्ट्रिय स्तरको राजमार्गसंग जोड़न माग गरेका छन् ।

“विकास र समृद्धिको दरिलो आधार प्रत्येक पालिकामा सडक पूर्वाधार” को नारा दिदै नेता साह आफ्नो फेसबुकमा लेख्छन्: “आवतजावत, ढुवानी, व्यापार-व्यवसाय लगायतका सबै विषयबस्तुलाई समग्रमा हेर्दा आमजनताको जीवन र जीवीकाको मेरुदण्डको रुपमा रहेको सर्वत्र, सुरक्षित एवं सुविधा सम्पन्न सडक पूर्वधार विना मुलकमा विकास र समृद्धिको लक्ष्य सहजै हासिल गर्न मुस्किल मात्र नभई लगभग असम्भव छ ।”

उनले आगडि थपे: “त्यसैले, आमजनताको जनजीवन सहज बनाउन तथा मुलकमा चोतर्फी विकासको र समृद्धिको लहर सृजना गर्नका लागी तत्काल कम्तिमा देशभरको सबै पालिकाका केन्द्रहरुलाई राष्ट्रिय स्तरको राजमार्गसंग जोड़न अपरिहार्य रहेकोले यसप्रति नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

विकास_र_समृद्धिको_दरिलो_आधार ! प्रत्येक_पालिकामा_सडक_पूर्वाधार !!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार