नक्कली नोटसहित दुईजना समातिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २७, बिहीबार १९:२१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । काठमाडौंको सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ हजार रुपैयाँ दरका १६३ थान नक्कली नोटसहित सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३ घर भई काठमाडौंको बौद्ध बस्ने २१ वर्षीय विजय तामाङ र बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय ध्रुव श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ६३ हजार रुपैयाँ नक्कली नोटसहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार