उखु किसान वार्ताका लागि तयार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष ६, सोमबार १२:०२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर : बक्यौता रकम भुक्तानीका लागि आन्दोलन गरिरहेका उखु किसान सरकारसँग वार्ताका लागि तयार भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगबाट सम्पूर्ण वक्यौता रकम भुक्तानी गराउने प्रतिवद्धता जनाएपछि आन्दोलनकारी वार्ताका लागि तयार भएको आन्दोलनको अगुवाई गरिरहेका राकेश मिश्रले बताए ।

आन्दोलन शुरु भएलगतै मन्त्रालयले आन्दोलनकारीलाई दुईपटक वार्ताका लागि पत्र पठाएको थियो । सो पत्र प्राप्त भएपछि पनि वार्ताका लागि उनीहरु तयार भएका थिएनन् । यसैगरी उद्योग मन्त्री लेखराज भट्ट आन्दोलनस्थलमा उपस्थित भएर पनि वार्ताका लागि आग्रह गरेका थिए । तैपनि उनीहरु तयार भएका थिएनन् ।
मन्त्रालयले आज पुनः वार्ताका तेस्रो पत्र पठाएका थियो । सो पत्र प्राप्त भएपनि वार्ताका लागि मन्त्रालय जान लागेको मिश्रले बताए ।

‘वार्तामा जुनसुकै कुरा उठेपनि हामीहरु भुक्तानी नलिइकन घर फर्किनौं’, उनले भने, ‘सरकारले वार्ताका लागि बोलाएको छ, भुक्तानी दिन शुरु भएको छ, विस्तारै विस्तारै सबै हुन्छ घर फर्किनुस् भनिरहेको छ । तर जहिलेसम्म सबै भुक्तानी हुँदैन त्यतिबेलासम्म हामी काठमाडौंमै हुन्छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार