घट्यो सुनको मूल्य

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २४, शुक्रबार १३:४८ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौँ- नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेको छ ।

छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएकोमा आज ९५ हजार ३०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार