जिल्ला सहकारी संघ लि. धनुषाको अपिल : सशक्त अभियान निर्माण गर्न संघलाई मदत

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २४, सोमबार २०:३३ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

विपिन कुमार यादव  मधेश24,जनकपुरधाम ।  जिल्ला सहकारी संघ लि. धनुषाको वार्षिक साधारण सभा यही फाल्गुन २१ गते सम्पन्न भए लगत्तै संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधले सोमबार एक विज्ञप्ति जारी गर्दै धनुषा जिल्ला भरिका सहकारी संघ / संस्थाहरुको प्रतिनिधि मुलक छाता संगठन यस जिल्ला सहकारी संघ लि. धनुषामा आवद्ध भई वितिय स्थिरता,आफ्नो व्यवहारीक दक्षता एवं प्राविधिक क्षमता ,उत्पादन वृद्धि र सहकारी संघ / संस्थाहरुको बिकासको लागी पहलकदमि र वकालत लाई प्रभावकारी बनाइ सशक्त अभियान निर्माण गर्न संघलाई मदत पुर्‍याइ जिल्ला भरि छरिएर रहेको सम्पुर्ण सहकारी संघ /संस्थाहरुको कर्तव्य हो अध्यक्ष यादवले बताए ।

२०७७ फाल्गुन मसान्त भित्र संस्थाले देहाय अनुसारको पुरा गर्नु पर्ने कार्य विवरण :-

संघ संस्थाले स्थायी लेखा पान नं.(PAN) अतिरिक्त राजस्व कार्यालय जनकपुरधाम बाट लिनको लागी अनुरोध गरेको छ । साथै फाल्गुन मसान्तसम्म (PAN) लिइसकेका लेखा परिक्षण गरि त्यसमा थप जरिवाना तथा व्याज नलाग्ने घोषणा भएकोले समयमै बुझाउन अनुरोध गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लि.र नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लि.को शाखा स्थापना भइ नियमित कारोबार गर्नु हुन अनुरोध गरेको छ । साथै जिल्ला सहकारी संघको वार्षिक साधारण सभा २०७७ फाल्गुन २१ गते खुल्ला सत्र र बन्द सत्रमा बिशेष छलफल भइ साधारण सभा सम्पन्न भएको जानकारी गराएका छन् । र  २०७७ फाल्गुन २३ गते देखी जिल्ला सहकारी संघ लि.धनुषाको सदस्यता (आवद्धता ) को खुल्ला गरिएको संघका अध्यक्ष हरिश्चन्द्र हरिऔध,उपाध्यक्ष विनोद प्रसाद रोहिता र व्यवस्थापक राम बिलास यादवको संयुक्त हस्ताक्षरको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार