फिल्म ‘अतरंगी रे’ मा अक्षयकुमारसँग सारा अली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ३०, मंगलवार १८:०९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी । अभिनेत्री सारा अली खानले आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ को सुटिङ फेरि सुरु गरेकी छन् । साराले गत वर्ष साइन गरेको यो फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो । हालै एक अन्तर्वार्तामा उनले छायाँकन अनुभव शेयर गर्दै यो समय फिल्मको छायाँकन मुस्किल विषय भएको समेत बताएकी छन् । उनले लामो समयपछि सुटिङ सेटमा फर्किदा राहत महसुस भएको समेत सुनाएकी छन् ।

‘सामाजिक दुरी कायम राख्नु, माक्स लगाउनु र सुरक्षाको मापदण्ड पालना गर्नुले काम गर्ने तरिकालाई नै फेरिदिएको छ । तर कामको विषयमा आफ्नो मिहिनेत उहि छ’ साराले भनिन् । सारा यस फिल्ममार्फत पहिलोपटक अक्षयकुमार र धनुषसँगै पर्दामा देखिँदैछिन् । फिल्मको पहिलो चरणको सुटिङ वाराणसीबाट सुरु गरिएको हो ।

गत मार्चमा कोरोनाको कारण लगाइएको लकडाउनले सुटिङ रोकिएको थियो । त्यसपछि निर्माण युनिटले अक्टुवरमा चेन्नईमा फिल्मको सुटिङ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार