‘बेबी बम्प’ सँग अनुष्का शर्माले गराइन् फोटोसुट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १७, शुक्रबार १०:३१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी  ।  बलिउड फिल्म अभिनेत्री  अनुष्का शर्मा छिट्टै नै आमा बन्दैछिन् । उनले गर्भावस्थामा एक म्यागजिनका लागि फोटोसुट गराएकी छिन् ।

अनुष्काले म्यागजिनको कभर फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । फोटो सेयर गर्दैैै उनले लेखेकी छिन्, ‘आफ्नो लागि सेयर गर्दैछु, जीवन भरीका लागि । भोग इन्डिया यो गर्न मज्जा आयो ।’

लकडाउनका कारण आफूले आफ्नो गर्भावस्था लुकाउन सफल भएको उनले बताएकी छिन् । उनले यसबारे भनेकी छिन्, ‘यो समय हाम्रो लागि आशीर्वाद साबित भयो । विराट मेरै वरिपरि हुन्थे, हामी यसलाई लुकाउन सफल भयौं । हामी क्लिनिक जान मात्रै बाहिर निस्कन्थ्यौं । बाटोमा कोही हुँदैनथे, कसैले हामीलाई देख्दैनथे । ’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार