वरुण र नताशाको वैवाहिक पार्टी ५ दिनसम्म चल्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २, शुक्रबार १४:४८ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

एजेन्सी ।   यतिबेला अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी चलिरहेको छ । उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको  छ । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ ।

 

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार विवाहको आयोजना २२ देखि २६ जनवरीसम्म अलिवागमा हुँदैछ । वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । यसअघि उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा चलेपनि कोरोनाका कारण रद्द भएको थियो ।

 

यद्यपी, अहिलेसम्म पनि वरुण धवन र नताशाले विवाहका विषयमा औपचारिक रुपमा बताएका छैनन् । उनीहरुले पञ्जावी शैलीमा विवाह गर्दैछन् । दुुईबीच २४ जनवरीमा विवाह हुने भएपनि त्यसको दुुई दिनअघिदेखि नै पार्टी सुरु हुनेछ र २६ जनवरीसम्म चल्नेछ ।

 

यसका लागि बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ । वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय उनी ‘कुली नम्बर वान’ को रिमेकमा देखिएका थिए । अब उनी ‘जुग जुग जियो’ नामक फिल्ममा देखिदैंछन् । यस फिल्ममा उनीसँगै नीतू कपूर र अनिल कपूर पनि देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार