चर्चित मैथिली कमेडी रोचक घोचक पुनः प्रशारणमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ९, शुक्रबार १७:५८ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,जनकपुरधाम । प्रदेश नम्बर २ लगायत देश बिदेशभर लोकप्रिय बनेका मैथिली कमेडी टेलिभिजन कार्यक्रम रोचक एण्ड घोचक पूनःप्रशारणमा आएको छ । अनुप जनकपुर मिडिया फोड्क्सन हाउस प्रा.लि जनकपुरधामले उत्पादन गरेको सो कार्यक्रम अप्पन टि.भि. बाट प्रसारणमा आएको छ । बन्द भएको १० महिनापछि फेरी प्रशारणमा अएको हो ।

 

यस अघि पनि अप्पन टि.भी बाटै प्रशारण हुदैं आएको थियो । समसामयिक बिषयमा कडा ब्यांग प्रहार गर्ने रोचक एण्ड घोचक कार्यक्रम बिगत ५ बर्षदेखि निरन्तर प्रसारण थियो । कोरोना महामारीले बन्द भएको सो हाँस्य ब्यंग कार्यक्रम फेरी संचालनमा आएपछि दर्शकहरु खुशी भएका छन् ।

 

यस अघि २०४ अंक प्रशासरण भइसकेको कार्यक्रमका निर्देशक प्रदिप महतोले जनाए ।रोचक एण्ड घोचक सो कार्यक्रमको मुख्य कलाकारका रुपमा प्रदिप महतो, कृष्ण कुमार महतो, रोहित साह, सुनिता पासमान लगायतको अभिनय रहेको छ । नयाँ एपिसोड हरेक हप्ताको शनिबार राति ९ बजे अप्पन टिभी जनकपुरधाममा प्रशारण हुने छ ।

 

पुनः प्रशारण सोमबार ५ः३० देखि ६ः०० सम्म, बुधबार र शुक्रबार दिउँसो २ः०० देखि २ः३० सम्म हुनेछ ।योे प्रोग्राम अनुप जनकपुरको युटुभ च्यानलमा पनि हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार