अक्षयकुमारको फिल्म ‘बच्चन पाण्डे’ मा डरलाग्दो लुक्स

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ११, आईतवार १३:१० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी  । सुपर  स्टार  बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समय फिल्म ‘बच्चन पाण्डे’ को कारणले चर्चामा छन् । अहिले फिल्मको पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरका साथ निर्माण युनिटले २६ जनवरी २०२२   लाई प्रदर्शन मितिको रुपमा समेत सार्वजनिक गरेको छ ।

पोस्टरमा अक्षय डरलाग्दो लुक्समा देखिएका छन् । पोस्टरको तस्बिरमा अक्षयलाई दारी, चन्की चेन र नक्कली आँखाको साथ नयाँ क्यारेक्टरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्, ‘एक लुक्सनै काफी छ । बच्चन पाण्डे २६ जनवरी २०२२ मा रिलिज ।’

अक्षयकुमारको अलवा फिल्ममा कृति, सैनन, ज्याकलिन फर्नाडिस र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ ।  कृति सैननकासाथ अक्षयले फिल्मको सुटिङ गत बुधबार गरेका थिए । फिल्मको सुटिङ मार्चसम्म चल्नेछ । यसको अलवा अक्षयको साथ कयौ ठुला प्रोजेट पनि छन् । जसमा ‘बेल बटम’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार