फिल्म ‘आरआरआर’बाट अभिनेता अजयको फर्स्ट लुक आउट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २०, शुक्रबार १६:४३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी । एसएस राजामौलीका निर्देशनमा बनेको फिल्म ‘आरआरआर’बाट अभिनेता अजय देवगनको फर्स्ट लुक बाहिरिएको छ ।

डाइरेक्टरले सोसल मिडियामा फिल्मको मोशन पोस्टर शेयर गर्दै अजय देवगनको जन्मदिनको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘लोड एम शूट, उनी आफ्ना मानिसलाई शसक्त बनाएर शक्ति हाँसिल गर्दछन् ।’

भिडियोमा सल ओढेका अजय देवगणलाई एक युद्धको मैदानमा मानिसले घेर्दछन् । ब्याक ग्राउण्डमा लोड एम शूटशब्दको आवाज सुनिन्छ । भिडियोको अन्तिममा उनी सल हटाएर बाहिर निस्किन्छन् ।

पोस्टर हेरिसकेपछि फ्यानहरु उनको प्रशंसा गरिरहेका छन् । यो फिल्म अजयको पहिलो तेलेगु फिल्म पनि हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार