शहिदनगर : जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम, ‘लाली गुलाबी ओकर’… भिडियो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ११, बिहीबार २२:१० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश२४,जनकपुरधाम : धनुषाको शहिदनगरमा एक कोरोना संक्रमितको मृत्यू समेत भइसक्यो । कैयौं संक्रमित छन् । तर यहाँ जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम भएको छ ।

शहिदनगरको डुमरिया टोलमा बुधबार राति डान्स प्रोग्राम भएको स्थानीय बताउँछन् । डान्स प्रोग्रामको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्टेजमा कब आओगी… बोलको गितमा नृत्य गर्दा अगाडी हजारौंको भिड देखिन्छ । यसले कोरोना संक्रमण फैलिने जोखिम बढाएको छ ।

प्रोग्राम हेर्न पुगेका दर्शकहरुमध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् । अचम्म त के भने शहिदनगरमा सशस्त्र र नेपाल प्रहरी समेत बस्छन् । तर डान्स प्रोग्राम भइरहँदा सबै बेखबर थिए ।

जिल्लाभर निषेधाज्ञा जारी भएको बेलामा पनि जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम हुँदा पनि प्रशासन मौन बसेपछि आश्चर्य लागेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार