धनुषाको दलित पनि आन्दोलित !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २०, शनिबार १९:०१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश२४,जनकपुर : विभिन्न ठाउँमा दलितमाथि भएको हत्या, हिंसा र कुटपिटको बिरुद्ध शनिबार धनुषामा दलितहरुले आमा सभा गरेका छन् ।

आमा सभामा धनुषाको विभिन्न गाउँबाट सयौं दलित समुदायका व्यक्तिहरु आएका थिए । उनीहरुले आमा सभा पश्चात सबैला नगरपालिकाको सर्बजनिक मंचमा विरोध सभा गरे । विरोध सभाको अध्यक्षता दिपानराइन दासले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका कर्जहा नगरपालिकाका मेयर गंगा पसवानले देशमा निरन्तर दलितमाथि भइरहेको योजनाबद्ध हत्या, हिंसा र बलात्कारको घोर भत्सर्ना गरे । उनले निरन्जन राम, विजय राम, त्रिभुवन राम, शम्भु सदा र सुकदेव मण्डलको हत्यालगायत विभिन्न ठाउँमा दलितमाyथि भएको कुटपिटमा संलग्न दोषीहरुलाई प्रहरीले नै बचाउने गरेको आरोप लगाए ।

उनले सबै घटनाका दोषीलाई कानूनी दायरमा ल्याएर कडा भन्दा कडा कारबाही गन माग समेत गरे । उनले भने, ‘दलितमाथि राज्यले नै विभेद गरिदै आएको छ । राज्यले नै दोषीलाई उम्काउँछन् । त्यसैले दोषीहरुमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार