जनकपुरको रुपैठामा दुई पक्षबीच झडप, ७ राउण्ड अश्रु ग्यांस प्रहार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २७, शनिबार १५:३८ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश२४,जनकपुरधाम : जनकपुरधाम उपमहानगर २० रुपैठामा शनिवार दुई पक्षबीच झडप भएको छ ।

एक युवकले ‘दाहा’को फोटो सामाजिक संजालमा शेयर गरेको विषयमा विवाद चर्किदा झडप भएको हो । दुबै पक्षका व्यक्तिले एक अर्कातीर ढुङ्गामुढा गरेका छन् । ढुङ्गाले दर्जनौं ब्यक्तिलाई चोटपटक लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले स्थिति नियन्त्रणमा लिन घटनास्थलमा खटेका प्रहरीले ७ राउण्ड अश्रु ग्यांस  प्रहार गरेको बताए । अहिले अबस्था सामान्य ‌रहेको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार एक व्यक्तिले मोहरम पर्व मनाउन मुस्लिम समुदायले बनाएको ‘दाहा’को तस्विर सामाजिक संजालमा अपशब्द प्रयोग गरी शेयर गरेकाले विवाद हुंदै आएको थियो । आज विवाद चर्किदा झडप भएको छ ।

अहिले घटनास्थलमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार