
बिष्णु यादव मधेश24, महोत्तरी । महोत्तरीको गौशाला नगरपलिका वडा ३ नवराजपुरमा बाख्राले काउली(कोबी) खाएको निहुँमा एक बालिका माथि मंगलवार निर्घात कुटपिट गरिएको छ ।

गौशाला नगरपालिका ३ नवराजपुर बस्ने राजेन्द्र साह कानुकी १२ बर्षिया छोरी बबिता साह कानुलाई स्थानीय राजेन्द्र यादवले बालिकालाई घरबाट निकाली निर्घात कुटपिट गरेका छ्न् ।
पीडित बालिकाको बुवा
निर्घात कुटपिटबाट घाइते भएकी बालिकालाई गौशाला नगरपालिका -५ स्थित गौशाला पोलिक्लिनिकमा उपचार भई रहेको पीडित परिवारजनले बताएका छ्न्। कुटपिटबाट बालिकाको शरीर भरी निलडाम देखिएको छ ।

उता यस बिषयमा गौशाला नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिरेन्द्र चौधरीलाई सोधपुछ गर्दा अफुलाई यस बारे केहि जानकारी नभएको बताए।
पीडित परिवारजनले न्यायको पहल गरिदिन मानवअधिकारकर्मी , संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।