भतिज द्धारा आफ्नै फुपुको हत्या : भतिज पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २८, आईतवार १७:०७ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,कपिलवस्तु । कपिलवस्तुमा एक जनाको हत्या भएको छ। सनिवार राती करिब ९ बजेको समयमा कपिलवस्तुको शिवराज नगरपालिका  वडा नं. ५ का ५९ वर्षीय शुसिला खड्का मृत अवस्थामा फेला परिएका थियो ।

घटनाको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय चन्द्रौटा कार्यालय प्रमुख प्र.उ. नवराज अधिकारीको टिम घटनास्थलमा पुगेको थियो ।

घटना शंकास्पद देखिएको कारण  उक्त घटनालाई थप प्रभावकारी रुपले अनुसन्धान गर्न घटनस्थललाई सुरक्षित राखी तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा बाँकेवाट जम्बो नामको अपराध अनुसन्धान ( ट्रयाकर ) तालिम प्राप्त कुकुर झिकाई आइतबार  बिहानको  समयमा उक्त घटनास्थलमा डग स्नाईफिङ गराउदा सोही घरमा मृतक सँगै बस्ने मृतकको भतिजो नाता पर्ने २३ वर्षीय तोरण बहादुर खड्कालाई पहिचान गरेको थियो ।

खड्कालाई सोधपुछ गर्दा निजले र मृतक शुसिला खड्काले सँगै मादक पदार्थ रक्सी सेवन गरेका, थप रक्सी ल्याउन मृतक सँग  ५० रुपैया  माग्दा नदिएपछी वादविवाद सृजना भई निज तोरण बहादुर खड्काले ईट्टा, मसला पिस्ने सिलौटो समेतले मृतकको टाउकोमा प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।

खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार