प्रदेश २ मा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ३०, मंगलवार १९:१० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

सर्लाही ः सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एक जना पुरुषको मृत्यु भएको छ। सोमबार साँझ जिल्लाको धनकौल गाउँपालिका वडा – ५ स्थित छटिघाटमा BR30 U 4191 नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब १० फिट तल खसेको छ ।

मोटरसाइकलसहित पुलबाट खसेर गम्भीर घाईते भएका चालक कौडेना गाउँपालिका वडा –६ सक्रौल बस्ने राजेन्द्र रायका छोरा ३५ वर्षीय प्रमोद रायको बरहथवा स्थित स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार