राष्ट्रिय उत्थान बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १३, सोमबार १२:१३ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा   । सिरहा जिल्लाको मिर्चैया नगरपालिका -१० स्थित रहेको राष्ट्रिय उत्थान बहुउद्देश्यीय सहकारी संस्था लेमीटेडको प्रथम वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ।

मिर्चैया नगरपालिका सहकारी संस्थाको अध्यक्ष धनन्जय  महतोको प्रमुख अतिथिमा  सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक कार्यक्रम तथा बजेट पारित भएको थियो । कार्यक्रममा  बोल्दै  अध्यक्ष महतोले सहकारी संस्थाको  बारेमा जानकारी गराउदै  संस्थाले गरेको योगदानको कदर गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

संस्थाका संचालक अध्यक्ष प्रमोद यादवले चालू आव ०७६/७७ मा  सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए ।

संस्थाले १ लाख २ हजार ९०० सेयर पूँजी बाट बढाएर २ लाख ७५ हजार कायम गरेको हो। तेस्तै संस्थाले पहिलो वर्षमै २१ लाख ३७ हजार बजत गरेर सेवाग्राही सेवा दिइएका छ्न । साथै संस्थाले असार मशान्त सम्ममा ५३ हजार नाफा समेत कमाएको र संस्थाले सेवाग्राहीको लागि रेमिटान्सको सुबिधा समेत दिइएको संस्थाको अध्यक्ष यादवले बताए ।

संस्थाले सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत आफ्नो  स्थान लिन सफल रहेको जनाएको छ ।

कार्यक्रममा बिभिन्न संघ स्थाका कर्मचारी,स्थानीय जनप्रतिनिधि ,सञ्चारकर्मी,सुरक्षाकर्मी लगायत सेवाग्राहीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार