सिरहामा पनि किरात राई समुदायको साकेला उधौली पर्व मनाइयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १५, बुधबार २०:२० बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहाको गोलबजार नगरपालिका -३ स्थित रहेको गोलामुक्सारमा किरात समुदायका राई, लिम्बू, याक्खा  जातिले महान चाडका रुपमा बुधबार (आज ) साकेला उधौली पर्व ऐले सम्बत ५०८० मनाएका छन्।

किराते राई यायोक्खा नगर कार्य समिति गोलबजारले आयोजना गरिएको यस अवसरमा आज किराती परम्पराअनुसार भूमिको पूजा गरिएको थियो ।

ठाउँ र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको शुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिँदै आएको छ । उधौलीलाई किरातभित्रका विभिन्न समुदायले ठाउँ र आआफ्नो भाषाअनुसार फरक नामले पुकार्छन् ।

यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउने चलन छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रुपमा मनाइन्छ । “दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरीयाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुशियाली मनाउँदै उधौली पर्व मनाइन्छ ,किरात राई यायोक्खा जिल्ला कार्य समितिका अध्यक्ष अन्जनी राईले मधेश24 लाई भने ।

त्यसैगरी किरात उधौली पर्वमा उभौली पर्वको समयमा लगाएको अन्नबाली पाक्ने, अन्नबाली खेतबारीमा लहलह देखिने, अन्नबालीले भकारी भरिएको हुने हुँदा अन्नबालीको सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुशी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाएको छ ।

पर्व लाई केन्द्रिय उपाध्यक्ष ज्ञान बहादुर राईले पुजा गरिएको थियो ।  पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरुपमा परम्परागत बाजा, ढोल, झ्याम्टा आदि बजाएर नाचेको थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार