जागीरसँगै ‘पार्ट टाइम’ बीमा अभिकर्ता : जसले जुरायो अमेरिका सयर गर्ने अवसर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १६, बिहीबार ११:०७ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । पछिल्लो समय जीवन बीमा अभिकर्ता पेशाप्रति आकर्षण बढ्दो छ । कुनै पनि अन्य पेशामा संलग्न रहेपनि त्यससँगै कतिपय व्यक्तिहरु अभिकर्ता पेशामा पनि जोडिएको पाइन्छ ।

आफु स्थापित भइसकेको पेशा छोडेर पनि अभिकर्ता पेशामा जोडिनेको संख्या बढिरहेको छ । यसमा लागेर कतिपयको जीवनशैली नै फेरिएको बीमा बजारमा देख्न सकिन्छ ।

सिरहाको मिर्चैया नगरपालिका-७ निवासी राजाराम यादव केहि समयअघि बीमा अभिकर्ताको रुपमा काम थाले । काम गर्दै जाँदा सफलता र आय पनि राम्रै हुँदै गयो । उनी त्यसप्रति अझ उत्साहित र प्रेरित हुँदै गए ।

काम थालेको केहि समयमै ३० लाख बढीको कारोबार गरेका उनलाई अभिकर्ता पेशाले अमेरिका सयर गर्ने अवसर जुराएको छ । उनी विश्वका विमा अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था अमेरिकाको मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) २०२१ का लागि छनोट भएका हुन् ।

यससँगै उनी अमेरिका जान पाउने भएका छन् । एमडिआरटी सम्मिटका लागि उनी १५ दिने यात्रामा अमेरिका जानेछन् ।

सम्मिटमा उनीसहित सहभागी अभिकर्ताहरुलाई पुरस्कृतसमेत गरिनेछ । पशुपालन व्यवसाय संघ सिरहाका पूर्वध्यक्ष तथा निजी उद्योगमा जागीरे समेत रहेका उनी हाल सानिमा लाइफ इन्स्योरेन्स मिर्चैया शाखाका सिनियर एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् ।

एमडिआरटीमा पर्न सफल यादवलाई सोमबार मिर्चैयामा एक समारोहबीच बधाई ज्ञापन तथा सम्मान गरिएको छ । प्रदेशसभा सदस्य दिलीप साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शाखा प्रमुख कृष्ण गुप्ता, जसपाका स्थानीय नेता रामदयाल यादव, रामेश्वर यादव, जिमी यादव, स्थानीय व्यापारी, बुद्धिजीवी लगायतको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार