सप्तरीको बलान स्टेडियममा टी २० मेयर कप सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष १७, शुक्रबार १०:०९ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

महेश सिंह मधेश24,सिरहा  । सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान बिहुल प्रिमियर लिंग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता बुधबार दखि सुरु भएको छ ।

कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिधारा, आत्म निर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ शुरु भएको खेलमा बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले रीबन काटी खेलको उदघाटन गर्नु भएको थियो ।

उदघाटन खेल मौवाहा सप्तरी भरसेस सिरहाको कल्याणपुर बिच खेल भएको थियो । टस जितेर पहिलाो व्याटिंग रोजेको मौवाहा शुरुमा निकै नै कमजोर देखिएको थियो ।

बेल्हीको बलान स्टेडियममा शुरु भएको खेलमा जम्मा १६ वटा टिम सहभागी रहने बेल्ही युथ क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए ।

गाउँपालिका अध्यक्ष दयानन्द गोईतको प्रमुख अतिथिमा खेल शुरुवात भएको थियो । शुरुवाती क्रममा बोल्दै गोईत भने खेलकुद एउटा समाजको प्रगति हो, खेलाडीहरुको प्रतिभा पहिचान गराउन एउटा छोटे प्रयास हो । यसै प्रयासबाट देशको पहिचान गराउन सकिन्छ, राष्ट्रको पहिचान गराउन सकिन्छ । खेलकुद युवाहरु माथी गर्व गर्ने कुरा पनि हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार