
महोत्तरी : महोत्तरीको सोनमा गाउपालिकामा करेन्ट लागेर एक युवकको मूत्यु भएको छ । मृतक सोनमा गापा वडा नम्वर ३ रघुनाथपुरका पनिलाल सहनीका छोरा अन्दाजी बर्ष २० को राकेश सहनी रहेको छ ।
शनिबार विहान ९ बजेको समयमा स्थानिय रामजानकीको मंदिरमा भजनका लागि साउण्ड सर्भिसकाको तार पोलमाथी झुन्ड्याउने क्रममा ११ केभिएको तारमा शर्ट भएपश्चात शिकिस्त भएका सहनीलाई उपचारका लागी लजादै गर्दा बाटमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । एता मृतकको शव पोष्टमार्टम पश्चात दाह संस्कारका लागी परिबारजनको जिम्मा लगाईने ईप्रका गौशालाका ईन्सपेक्टर प्रकाश बिष्टले बताए ।
आउदै गरेको माघ मसान्तमा मृतक निजको बिबाहको तयारी थालिएका परिबाजनमाथी बज्रपात नै गिरेको स्थानिय वडा अध्यक्ष पुलिन्द्र यादबले बताउनु भयो ।