विश्वविद्यालय तनावग्रस्त, प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन विद्यार्थी घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २७, सोमबार ०९:५३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अहिले तनावग्रस्त बनेको छ । प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ ।

परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रूत बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी घाइते भएका थिए ।

विद्यार्थीहरुले सोमबार बिहानैदेखि केन्द्रीय क्याम्पसको मुलगेट अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नेविसंघका नेता गौतम बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार