
मधेश24,सिरहा । सिरहामा हेल्प मधेशी मलेसिया च्यापटरद्धारा १५ जना विपन्नलाई न्यानो सिरक (डसना) वितरण गरेको छ।
जिल्लाको कर्जन्हा नगरपालिका वडा न. ६ धनगारा बथान टोल का १५ जना बिपन्न सदा परिवार लाई मलेसियामा कार्यरत शत्रुधन सदाको बिशेष पहलमा चिसो बाट ज्यान जोगाउनको लागि हेल्प मधेशी मलेसिया च्यापटरले डसना प्रदान गरिएको हो ।
हेल्प मधेशी नेटवर्कमा आवद्ध भइ दुखीलाई सहयोग गरौं,असल मानिसको पहिचान दिन हेल्प मधेशीका संस्थापक प्रभात महतोले बताए ।