सबैला माछा बजार दुर्गन्धित, नगरपालिकाले उठाएन फोहोर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २, शुक्रबार १३:२१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर : धनुषाको सबैला माछा बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले फोहोर नउठाउँदा बजारैभरि माछाको फोहोरका डंगुर थुप्रिएका छन्।

जथाभावी फोहोर थुपारिएका कारण हावाको माध्यममले बजार र गाउँभरी दुर्गन्ध फैलिन्छ। झिगाँ, लामखुटेले पनि परेशान गरेको छ,’ एक पसलेले भने, ‘ फोहोरकै कारण धेरै जना विरामी भएको उनले सुनाए।

फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ। दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार