
जनकपुरधाम । पछिल्लो हप्ताको निरन्तरको अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी छ । पाँच दिनपछि सोमबार थोरै घाम लागे पनि मंगलबार बिहानदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भयो ।
चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । चिसोले बजार क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ । एक्कासी चिसो बढे पनि प्रदेश २ का जिल्लामा कुनै किसिमको पूर्व तयारी नगरिँदा गरीब र विपन्नलाई कठ्यांगि्रएरै जीवन धान्नुपरेको छ ।
अत्यधिक जाडोका कारण प्रदेश २ मा ४ जनाको मृत्यु भइसकेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सिरहामा तीन जना र सर्लाहीमा एक जनाको मृत्यु भएको छ । यसमध्ये सिरहामा आगो ताप्ने क्रममा जलेर २ जनाको मृत्यु भएको छ ।
जाडोलाई चिर्न भन्दै बिभिन्न जिल्लामा दाउरा वितरणलाई नै प्राथमिकतामा राखिएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीमा दाउरा वितरण गरिएको छ । र, त्यसलाई बालेर जाडो भगाउने तयारी थालिएको छ । यसबाहेक न्यानो कपडा वितरण गर्ने निर्णय पनि जिल्लाहरुमा गरिएको छ । कतिपय जिल्लामा भने आगो ताप्ने कामलाई प्राथमिकतामा राखिएको छैन ।
सिरहा र धनुषामा प्राथमिकतामा छैन आगो
आगोले क्षणिक जाडो भगाउने काम गरे पनि क्षति पनि धेरै गरेकाले सिरहा र धनुषामा आगो बाल्ने कार्यलाई प्राथमिकतामा राखिएको छैन । सिरहामा जाडोबाट बच्न न्यानो कपडा वितरण र जनचेतनालाई प्राथमिकतामा राखिएको छ ।
आगो ताप्ने क्रममा जलेरै सिरहामा २ जनाको मृत्यु र १० जना घाइते भएपछि आगो बाल्ने कामलाई प्राथमिकतामा नरा