भारतद्धारा नेपाल लाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ७, बुधबार १४:२८ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

खोप भोलि नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउनलागेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार