‘मेयरसा’ब ! गरिब निषेधित क्षेत्र लेखेर बोर्ड टाँस्नुस्’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ९, शुक्रबार २२:१० बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । पुस २९ गत सुकेधारामा तरकारी बेच्दै गर्दा मञ्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाए । नगर प्रहरीले गाडा उठाएर ट्रकमा हाल्दै गर्दा मञ्जुले रुदै अनुनयविनय गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

छोराले क्याफेमा पाएको जागिर लकडाउनमा गएपछि ९ हजार रुपैयाँ ऋण काढेर दसैंताका उनले किनेको गाडा खोसिएको थियो । नगर प्रहरीको निर्मम ब्यवहार देखिने भिडियो छापछाप्ती भएपछि मञ्जुप्रति करुणा गर्दै अभियन्ताहरुले ५ लाख भन्दा बढी सहयोग रकम जुटाइदिए । तर, सबैको लागि यस्तो सुखद् संयोग जुर्दैन ।

काठमाडौंमा दैनिक दर्जनौं ठेलागाडा, साइकल र नाङ्लो पसले यही शैलीमा लखेटिन्छन् । उनीहरुको खोसिएको सामान मात्र हैन, गरिखाने साधन पनि फिर्ता हुँदैन ।

महानगरले तिनलाई कवाडीमा लिलाम गर्छ । महानगरको यस्तो कार्यशैलीको आलोचना हुँदै आएको छ । महानगरका अधिकारीहरु भने यसलाई कानूनको परिपालना भन्दै पन्छिन्छन् ।

‘बडो अचम्मको समाज छ, छाडिदिउँ कारवाही नगरेको भन्दै कराउँछन् । कारवाही गर्दा भिडियो बन्छ अनि दयाको फोहोरा छुट्छ,’ महानगरपालिकाका प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले ट्विटरमा लेखेका छन्, ‘महानगरले आफ्नो जिम्मेवारी छोडने ? हाम्रो पनि दिल छ, तर शहर ब्यवस्थापन पनि गर्नु पर्‍यो । दैनिक यस्ता २० औं कारवाही हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार