
जनकपुर : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले पहिलो खोप लगाएका छन्।
मन्त्री यादवले कोरोनाविरूद्धको खोप (कोभिडसिल्ड)लाई लिएर विभिन्न अफवाह रहेकाले सो अफवाह चिर्नकै लागि आफूले पहिलो खोप लगाएको प्रतिक्रिया दिए।
प्रदेश २ मा एकैसाथ ३ अस्पतालबाट कोरोनाविरूद्धको खोप अभियान सुरू भएको छ।
प्रदेश २ को जनकपुरधामस्थित प्रादेशिक अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अस्पतालबाट कोरोनाविरूद्धको खोप लगाउने अभियान सुरू भएको हो।