सिरहामा ब्राउन सुगर सहित एक जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १४, बुधबार २०:०७ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहामा लागु औषध सहित एक जना पक्राउ परेको छ।

 

पक्राउ पर्नेमा नरहा गाउँपालिका -३ चोहर्वा स्थित बस्ने १९ वर्षीय कृष्ण कुमार महतो रहेको हो  ।

 

महतोले लागु औषध बिक्री बितरण गर्नको लागि साथमा बोकी राखेको गोप्य सूचना पाएपछि  बुधबार  २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरको विशेष टोली र ई.प्र.का.गोलबजार सिरहाबाट खटी गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा महतोको साथबाट अबैध लागु औषध (ब्राउन सुगर) सेतो र रातो रंगको प्लाष्टिकको पोकामा तयार पारिएको स-सानो पोका थान-१४, तौल गर्दा प्लाष्टिक सहित १ ग्राम १३० मिलिग्राम र प्लाष्टिक हटाएर तौल गर्दा ३२० मिलिग्राम लागु औषध (ब्राउन सुगर) फेलापारी महतो लाई पक्राउ गरेका हुन ।

 

महतो लाई  ई.प्र.का.गोलबजारले नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार