राजनीतिक भविष्य कमजोर पार्न पार्टी छोड्ने अपवाह फैलाइँदैछ : राजकिशोर यादव

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २२, बिहीबार २०:२४ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

‘जसपा मैले बनाएको घर हो, भोकै भएपनि यसमै बस्छु’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य राजकिशोर यादवले आफ्नो राजनीतिक भविष्य कमजोर पार्न हल्ला फैलाइएको बताएका छन् ।

नेता यादवले आफ्नाबारे अपवाह फैलाउन गलत मनसायले केही सञ्चारमाध्यममा सुनियोजित रूपमा समाचार प्रकाशन भएको गुनासो गरेका हुन् ।

उनले आफू जसपा छाडेर नेकपा प्रवेश गर्नेबारे समाचार आएको भन्दै आश्चर्य व्यक्त गरे । सञ्चारमाध्यममा आएका यस्ता समाचारमा कुनै सत्यता नभएको उनले स्पष्ट पारेका छन् ।

‘मसहित केही नेताहरू नेकपा प्रवेश गर्ने भन्नेबारे समाचार पढ्दा म आफैं अचम्मित भएको छु,’ उनले भने, ‘यो निराधार र कपोलकल्पित समाचार हो, यसमा कुनै सत्यता छैन ।’ यस्ता निराधार र तथ्यहीन हल्ला फैलाउन मधेश विरोधीहरु सक्रिय रहेको पनि उनको दावी छ ।

भ्रमपूर्ण समाचारले आफू र पार्टीलाई कमजोर बनाउने उद्देश्य रहे पनि विचलित नहुने उनले बताए । ‘नेकपामा प्रवेश गर्ने कुरा कसरी आयो, यो मेरो राजनीतिक करियर र पार्टी कमजोर बनाउन फैलाइएको अपवाहबाहेक अरू केही होइन ।’

जसपा बनाउनमा आफूले पसिना बगाएको भन्दै भोकै भएपनि आफ्नो घर छाडेर अरुको घरमा नजाने उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार