भारतको दिल्लीमा ६.३ रेक्टरको भूकम्पको शक्तिशाली झड्का

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १, शनिबार ०८:४५ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी । भारतीय राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भूकम्प ६.३ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा परेको जनाइएको छ ।  यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार