प्रदेश स्तरिय पुरुष कबडीको उपाधी स्वास्थानी युवा कलवको कवजामा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २, आईतवार १८:२९ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,महेन्द्रनगर । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित प्रदेश स्तरिय पुरुष कबडी प्रतियोगिताको उपाधीमाथी स्वास्थानी युवा कलव धनुषाले कवजा गर्न सफल भएका छन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रलाय प्रदेश नं. २ को आयोजना र स्वास्थानी युवा कलवको सहयोगमा सुरु भएको प्रदेश स्तरिया पुरुष कबडी प्रतियोगितामा धनुषा, स्पतरी, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सबैला गरी ८ ओटा टिम सहभागी जनाएका थिए ।

स्वस्थानी युवा कलबका अध्यक्ष जितेन्द्र कुमार रायको अध्यक्षता र जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव यादव बनरैतको प्रमुख आतिथीयमा सम्पन्न फाइनल खेल स्वास्थानी युवा कलब सबैला टिमलाई १९ का विरुध ४४ अंक लाई उपाधी माथी कवजा जमाउन सफल भएका छन । खेलको वेष्ट रेडर अवार्ड स्वास्थानी युवा कलवका कल्यान भुजेललाई दिएको छ भने वेष्ट डिफेन्डर विजय यादवलाई दिएको छ ।

समापन कार्यक्रममा विशिष्ठ अतिथी अखिल नेपाल फुटवल संघका उपाध्यक्ष विरेन्द्र कुमार यादव, कवडीका मुख्य प्रशिक्षक उमेश प्रधान, जनता समाजवादी पार्टीका केन्द्रय सदस्य महाजन यादव, अतिथी उर्मिला साह, ज.स.पा.का नेता सुखदेव यादव, कवडीका वरिष्ठ प्रशिक्षक रामनारायण राय, फुटवलका वरिष्ठ प्रशिक्षक सुरेन्द्र खाती, हिमालय युवाकलबका अध्यक्ष अरुण कुमार महतो लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार