सिरहामा ५ हजारले लगाए कोरोनाविरुद्धको खोप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ९, आईतवार १४:१४ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा ।  प्रदेश २ का  सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् ।

दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल  र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट  खोप लगाइएको  कर्यालयका प्रमुख कृष्णणदेब यादवले जानकारी दिए ।

खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार