प्रदेश २ मा म्याजिकको ठक्करबाट एक जनाको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १०, सोमबार १४:२८ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर । बारामा सवारी र्दुघटनामा परी एकजनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो ।

वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो ।

कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना ४ प ५१२४ नम्बरको मोटरसाइकमा कलैयातर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आइतबार बिहान सवा ११ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो ।

उपचारका क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

म्याजिक भ्यान र चालक जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार