सिराहामा बस दुर्घटना हुँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ११, मंगलवार १०:०२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

लहान । सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

बिगि्रएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे ठोक्किएको थियो ।

फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ ।
ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार