महोत्तरीमा जग्गा मुद्दामा साक्षी बसेको दम्पति सुतेको ठाउँबाट बेपत्ता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ११, मंगलवार १०:५४ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर। महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका व्यक्तिको दम्पति नै अचानक बेपत्ता भएको छ।

जिल्लाको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन्।

झा दम्पति सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद बनेको छ। दुवै जनाको तीव्र खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताए।

बिहानै अबेरसम्म झा दम्पति नउठेपछि हेर्दा झा दम्पति ओछ्यानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।

प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए।अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद भएको थियो।

झा दम्पति बेपत्ता भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन्। साभार_नेपालखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार