हेल्प मधेसी मलेसियाद्धारा रामबाबू महतो लाई आर्थिक सहयोग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ११, मंगलवार १४:५६ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहाको लक्ष्मीपुरमा शारीरिक समस्या बाट पीडित रामबाबू महतो लाई हेल्प मधेसी मलेसिया संस्थाको शाखा केल दलानले आर्थिक सहयोग गरेको छ।

जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न.५  लक्ष्मीपुरमा घर भएका पिडित रामबाबु महतो लाई लामो समय देखि बायाँ साइड्को  हात खुट्टा काम गर्न छोडी सकेपछि , अपांग झैं बस्नु परेकोले महतो लाई उपचार गराउनको लागि हेल्प मधेसीले रु.४१,००० रुपैया सहयोग गरेका छ्न ।

पिडित महतोको घर परिबारको अवस्था  पहिला देखि नै दयनीय रहेको हो । महतो लाई उपचार गराउनको लागि महतोको परिवारले  जग्गा जमिन सब बेचेर बिरामीको उपचार खर्चमा  लगाउदा पनि बिरामीलाई केही सुधार न हुँदा पिडित परिबार अहिले आर्थिक चपेटमा  परेको छन ।थप उपचार गर्ने पीडित परिबार सङ्ग आर्थिक अभाब भएको हुँदा नेपालमा भएको संघ संस्थाहरु सङ्ग सहयोगका लागि अपिल गरेका छन ।

महतोको अवस्था जानकारी पाए लगतै सोमबार   पीडित परिवारको घरमै गएर हेल्प मधेसी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादबले आर्थिक सहयोग गरेको थियो ।

पिडितलाई थप उपचार गर्न  आर्थिक अभाव भएको हुँदा  पिडितको बुबा घुरन महतोले उपचार खर्च जुटाई दिनको लागि सम्पुर्ण संघ , संस्था  लगायत सहयोगि मनहरु लाई अनुरोध गर्नुभएको छ ।

हेल्प मधेसी मलेसिया संस्थाका अध्यक्ष दिपक मण्डलको भनाई अनुसार देश तथा  बिदेशमा रहेका पिडित मधेसी समुदायहरु लाई हाम्रो संस्थाले समय समयमा सहयोग गरिदै आइरहेको  मधेश24 लाई बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार