डोजरले फालेको माटोमा पुरिएर एकको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १७, सोमबार १५:४१ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा डोजरले फालेको माटोमा पुरिएर एकजना महिलाको मत्यु भएको छ ।

सोमबार सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी-१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार