सिरहामा पासो लगाएर एक युवकले गरे आत्महत्या !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १९, बुधबार ११:१२ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । सिरहामा पासो लगाएर एक युवकले आत्महत्या गरेको छ।

जिल्लाको कर्जन्हा नगरपालिका वडा न. ११ हटलेट्वा स्थित घर भएको कुलदिप दास तत्माको छोरा  अन्दाजी २० वर्षीय सरोज दास तत्माले आफ्नै घरको बारिमा आफको  रुखमा पासो लगाएर आत्महत्या गरेको हो ।

बुधबार राती करिब १:४५ बजेको समयमा बुवा कुलदिप दास लाई  ट्वाइलेट गर्न जादैछु भनेर सरोज घरबाट  बाहिर गएको थियो । केही समय पछि घरमा नफर्किदा बुवा कुलदिप दासले बारी तिर हेर्दा सरोज रुखमा झुन्डिएको अवस्था पाइएको थियो ।  बुवा कुल्दिप दासले झुन्डिएको अवस्थामा देखे लगत्तै खुकुरीले पासो काटेको थियो । तर तब सम्म सरोजको घटना स्थलमै मृत्यु भैसकेको परिवारजनले जानकारी दिए ।

घटना बारे थाहा पाए लगतै ईलाका प्रहरी कार्यालय कर्जन्हाको टोलि घटना स्थलमा पुगेको थियो । प्रहरीले मुचुल्का उठाइ शव लाई पोस्माट्मको लागि सिरहा असपताल लगिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

सोही घटना बारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

सो घटनाले सिङ्गो गाउँनै शोकमा डुबेका छ्न  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार