प्रदेश २ मा पेस्तोलसहित दुईजना समातिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २२, शनिबार १९:३० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर । सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजविराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित विष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्रकुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीले स ७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार