टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २२, शनिबार १९:३९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शनिबार बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका सहनीको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार