
सबैला : धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरमा गएको मध्यराती डिजेमा नाचगान गर्नका लागि विवाद हुँदा ३ जना पक्राउ परेका छन ।
हिजै राती रघुनाथपुरमा बिहेका लागि मट्कोर कार्यक्रममा आशिक डिजे भाडामा ल्याएको थिए उक्त डिजे सबैला नपा ४ बस्ने अशोक अधिकारिको रहेको छ भने डिजे बिहेका लागी सबैला नपा १२ बस्ने मोहन सर्वरियाको छोरा रुपेश सर्वरियाको मट्कोरमा ल्याएको थिए।उक्त मट्कोरमा समान्य बिवाद हुदा पनि ।
त्यहाबाट विवाद भैइ रघुनाथपुरकै नहर चौकमा केही नकाब धारी अज्ञात समुहको टोलिले दलित समुदायहरुको घरमा तोडफोड लुटपाट समेत गरिएको छ । उक्त कुटपिटमा सोही नपा १२ नम्बर वाड बस्ने भुल्ला महरा गम्भीर घाइते भएका छन भने भुल्लाको उपचार लागि जनकपुर पठाएको छ।
सोही १२ वाड बस्ने रामु दासको घरमा समेत लुटपाट भएको छ। रामुलाई समेत कुटपिट गरिएको छ । यता लुटपाट कुटपिटको घटनामा ईलाका प्रहरीमा जानकारी भएपछि इलाका प्रहरी सबैलाको टोलि घटना स्थलमा पुगे थिए ।
तत्काल नाम नखुलाउने सर्तमा एकजा युवकले प्रहरी माथी समेत हातपात गरेपछि प्रहरीलाई हातपात गर्ने एकजना र डिजे अपरेटर र डिजे साहु समेत गरि ३ जना घटना स्थलबाट पक्राउ गरेका छन भने ईलाका प्रहरी सबैलाले जानकारी दिएका छन उक्त घटनामा थप अनुसंधान भैरहेको समेत प्रहरी निरीक्षक राजेश शिंड्गेलले जानकारी दिएका छन ।