मिथिला माध्यमिकी परिक्रमा आज सतोषरधाममा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १०, मंगलवार १५:२७ बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

मधेश24,जनकपुरधाम  । मिथिलाञ्चलको महाकुम्भ मिथिला मध्यमा परिक्रमा आज एघारौं दिन धनुषाको सबैला नगरपालिका वार्ड नं.९ स्थित सतोषर धाम(कुशमाहा) पुगेका छन।

दसौं दिन सोमबार धनुषाकै धनुषा धाम  नगरपालिका ३  धनुषा धाम पुगेर परिक्रमाबासिहरु विश्राम गरेका थिए। मंगलबार  बिहानैदेखि सतोषरका लागि प्रस्थान गरेका थिए।

जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलमा मानिने सप्तेस्वरनाथ महादेव मन्दिर साउन महिनामा शिवलाई जल अर्पण गरि असोज महिना यहि स्थानमा बोलबम यात्रा समेत निकालिन्छ।कावरियाहरु बरमझिया स्थित कमला नदिमा स्नान गरि जल लिएर आफ्नो बोलबम यात्रा तय गर्छन्।

यहाँ सप्तेस्वर महादेव मन्दिर र सतोखर(सतोखरी) तलाउले प्रसिद्ध रहेको यो ठाउँमा झूला पर्व पनि मनाइन्छ।

सतोषर धाम परिक्रमाको १५ मध्येको एक पडावस्थल हो । परिक्रमा यात्रीलाई सतोषरमा स्वागत गर्न स्थानीय संघसंस्था,नगरपालिका तथा सर्वसाधारणहरु तयारी गरेका छन् ।

त्यही उपलक्ष्यमा न्यु मोडर्न ईंग्लिश बोर्डिङ स्कुल कुशमाहा सतोषर  र रोयल धनुषा किडस विद्यानिकेतन भठिहन द्वारा नि:शुल्क शिविर  कार्यक्रम संचालन  भएको छ।

८४ कोष दुरिको परिक्रमा धार्मिक यात्रीहरुलाई बोर्डिङ स्कुलले गरेको निशुल्क स्वास्थ शिविर,सतोषर समाजका युवाहरु र सबैला नगरपालिका द्वारा स्वागत गरिएको छ।

बार्हौ दिन — यात्रीहरुको बार्हौ दिनको गन्तव्य औरही हो। जनकपुर जयनगर रेल्वेको तेश्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजनहरु कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन्।

तेर्हौ दिन — भारतको विशौल परिक्रमा यात्रीहरुको तेर्हौ दिनको गन्तव्य हो।

चौधौं दिन — चौधौं दिन परिक्रमा यात्रीहरु करुणा भन्ने स्थानमा आइपुग्छन्। यो कलाणेश्वर नजिकै छ।

पन्ध्रौ दिन — यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन्। यो यात्राका अन्तिम दिन हो। फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको विहानै जनकपुरको पञ्चकोसी परिक्रमा (अन्गगृह) पछि श्रद्धालुहरु जानकी मन्दिर लगायत अन्य मठ मन्दिरहरुमा दर्शन, पूजन गरी घर फर्कन्छन्। यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ। परिक्रमा यात्रीहरुका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि समेत  आदिको व्यवस्था गरिएको हुन्छ।

माध्यमिकी परिक्रमा क्षेत्रको अधिकांश भूभाग नेपालमा पर्ने गर्छ। परिक्रमामा सहभागी हजारौं यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौं श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी लगायत गैरसरकारी क्षेत्रका संस्थाहरु प्रयासरत रहेका छन । महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार