आजदेखि देशैभरिका विद्यालय सञ्चालन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २२, आईतवार ०८:०० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । आजदेखि देशैभरिका विद्यालय पूर्ववत्रुपमा सञ्चालन हुने भएका छन्। वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन्।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो। वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार